तिहारका लागि तयार अम्रिसोका कुचो (तस्बिरहरु)

काठमाडौँ। नेपालीहरुको दोस्रो ठुलो चाड तिहार नजिकिँदै छ । तिहारको लक्ष्मीपूजाका दिन नयाँ अम्रिसोको कुचो पनि राखेर पूजा गरिन्छ ।

भाइटीकाको दिन साेही कुचोमाथि सँघारमा राखेर ओखर फुटाउने परम्परा छ । यही परम्परागत प्रचलनका कारण तिहार नजिकिएसँगै बजारमा कुचोको माग र व्यापार बढेको छ ।

नेपालमा मात्रै नभई भारतमा पनि अम्रिसोको कुचोको माग तिहारताका बढ्ने गरेको काठमाडौँको कपन ढलाने पुलस्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बोलखी बताउँछन् । उनले कुचोको काम गर्न थालेको करिब १५-१६ वर्ष भयो । उनले आफूले उत्पादन गरेका कुचोहरू नेपालमा मात्र नभई भारतमा समेत पठाउने गरेको बताए । अहिले उनको कारखानामा अम्रिसोको कुचो र झाडु तयार हुन्छ ।

कामदारहरु कुचो बनाउन व्यस्थ देखिन्छन् । कुचोका लागि चाहिने अम्रिसो भने काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक तथा दोलखाबाट मगाउने गरेका बोलखीले झाडुका लागि चाहिने फाकल भने इन्डोनेसियाबाट मगाउछन् । कुचो लगायत उनले नांङ्लाे, मुडालगायतका सामाग्रीको पनि थोक बिक्री गर्दै आएका छन् । अहिले बोलखीको कारखानामा कुचोको थोक मूल्य, त्यसको आकार प्रकार हेरी ७५ रुपैयाँ देखि १५० रुपैयाँसम्म पर्दछ । बोलखीका अनुसार तिहारका तीन महिनाको बीचमा कुचोको राम्रो व्यापार हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *