तयार हुदैँ मखमली माला (तस्बिरहरु)

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको गुण्डुका किसानहरूलाई मखमली फूल टिप्न भ्याई नभ्याई हुन थालेको छ ।

काठमाडौँ उपत्यकाको लागि मखमली फूलको पकेट क्षेत्र मानिने गुण्डुमा हिजोआज हरेक दिन बिहान फूल टिपेर दिउँसो फूलको माला उन्न मै किसानहरू व्यस्त रहन्छन् ।

कहिले नओइलाउने मखमलीको मालालाई दीर्घायुको प्रतिकका रूपमा तिहारको भाइटिकाको दिन दिदी-बहिनीले आफ्नो दाजु-भाइलाई लगाई दिने गर्दछन् ।

यहाँ किसानहरूले मखमली फूलको माला, मालाको आकार र प्रकारको आधारमा प्रतिगोटा २० देखि ३० रुपैयाँमा बिक्री गर्दछन् ।

तस्बिरहरू 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *