चर्को ब्याज लिएको भन्दै सुर्खेतका व्यवसायीले गरे ‘बैंक धर्ना’

सुर्खेत । चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका सुर्खेतका व्यापारी व्यवसायीहरूले सोमबार बैङ्कहरूमा धर्ना दिएका छन् । बैंकहरुले आफूखुसी ब्याजदर वृद्धि गरेको भन्दै आन्दोलित बनेका व्यापारी/व्यवसायीहरूले बैंकमा धर्ना दिएका हुन् ।

सोमबार व्यावसायीहरुले सुर्खेतका विभिन्न बैंकमा धर्ना दिनुका साथै राष्ट्रिय वाणिज्य बैंक अगाडी कोणसभा पनि गरेका थिए। चरणबद्ध आन्दोलनमा उत्रिएका व्यावसायिकहरूले हिजो गरेको बैङ्क बहिष्कार कार्यक्रमलाई आज सोमबार पनि निरन्तरता दिएको सङ्घर्ष समितिको निर्णय छ । उक्त कार्यक्रम अन्तर्गत व्यवसायीहरूले बैंकिङ कारोबारमा सहभागी नहुने बताएका छन् । साथै सङ्घर्ष समितिले बैंकका शाखा प्रमुखहरूलाई भेटेर आफ्ना माग बारे जानकारी समेत गराएको संयोजक लक्ष्मण कँडेलले बताए ।

सङ्घर्ष समितिले असोज महिनाको ब्याज र किस्ता नतिर्न पनि सबैलाई आह्वान गरेको छ । कर्जाको ब्याजदर ९ प्रतिशत भन्दा कम हुनुपर्ने, कर्जा प्रवाह गर्दा बैंकहरुले विभिन्न शीर्षकमा सेवा शुल्क लिन नहुने, पूरानो चालु पुँजी कर्जा निर्देशिकालाई कायम राखी नयाँ निर्देशिकालाई क्रमिक रूपमा लागू गर्नुपर्ने, धितो लिलामी प्रक्रिया २०७९ चैत सम्म कायम राख्नुपर्ने साथै राष्ट्र बैंकले जारी गर्ने रिपो १ प्रतिशतमा झार्नुपर्ने माग व्यवसायीहरूको छ । माग पूरा नभएसम्म चरणबद्ध  आन्दोलन जारी राख्ने सङ्घर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *