मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको अन्त्येष्टि कसरी होला ?

काठमाडौँ । मृत्यपछि शरीर दान गर्ने घोषणा गरेका जोशीको अन्त्येष्टि कसरी गर्ने भन्नेबारे हाल किष्ट अस्पताल ललितपुरमा परिवार र महानगरपालिबीच छलफल हुँदै छ ।

उनकी छोरी गंगा जोशीका अनु्सार यस अघिनै आफ्नो शरीर दान गरिसकेका बुबाको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले छलफल भइरहेको छ । उनले भनिन्, ‘हामी बुबाको अन्त्येष्टि कसरी गर्ने भन्ने बारेका छलफल गरिरहेका छौं । सम्भवत आज साझ सम्ममा बुबाको अन्त्येष्टि गरिन्छ होला ।’

जोशीले यसअघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका थिए । शाताब्दी पुरूष जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान दिने घोषणा गरेका थिए।

औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भए पनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ भन्ने जानकारी मिलोस् भनेर उनले आफ्नो शरीर दान गर्न घोषणा गरेको बताइएको छ ।

जोशी दम्पतीको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर छोरा अनुराज जोशीसमेतले सहमतिमा हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =