बाम एकता होइन, आम एकताको लागि मेरो उम्मेदवारी : गायक मिलन लामा

चितवन । चितवन क्षेत्र नं १ बाट लोकगायक मिलन लामाले प्रतिनिधिसभाको लागि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । गायक लामा बाम एकता होइन, आम एकताको लागि आफ्नो उम्मेदवारी रहेको बताए । दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील लोक तथा दोहोरी गायक लामा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका ‘सूर्यमुखी फूल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा आएका छन् ।

पत्रकार सम्मेलनको आयोजना गरी गायक लामाले आफ्नो उम्मेदवारी चितवन क्षेत्र नं १ को विकासको लागि भएको बताए । गायनका अलबा सामाजिक क्षेत्रमा लागेका लामालाई राजनीतिमा आएर सांसद नै किन बन्नु प¥यो होला रु पत्रकार सम्मेलनमा लामाले यसलाई प्रष्ट पारे ।

उनले भने, ‘मैलै गीत गाएर कमाएको पैसाले दुई दर्जन गरिबका घर बनाए, लाखौँको कपडा बाँडे, चामल बाँडे । जति बाँड्यो त्यति अझ धेरै बाँड्नुपर्ने भयो । गरिबी बढ्यो । गरिब बस्तीमा ६०० बोरा चामल बाँडे, पुगेन । बिरामीको उपचार गरेँ, अझ बिरामी बढे । यसरी हुँदैन जस्तो लागेर राजनीतिमा आएर सांसद बन्न खोजेको हुँ ।’

उनले एक/दुई घर बनाएर एक/दुई जनाको बिरामीको उपचार गरेर अब नहुने बताए । उनले भने, ‘सांसद बनेर देशकै उपचार गर्न सकिन्छ जस्तो लाग्यो, सांसद कोषमा सरकारले एक करोडभन्दा बढी रकम दिन्छ भन्ने सुनेको छ, त्यतिमात्र पाएँ भने मैले गीत गाएर कमाएको पैसा जोड्दा धेरै हुन्छ, अनि धेरै गर्न सक्छु ।’

उनले आफू गीत गाउँदै गाउँ टोलमा मतदातासम्म पुगेको बताए ।

उनले भने, ‘कुनै तडकभडक छैन, कमाएको पैसा गरिबलाई बाँडेर सकेको छ, अहिले चुनाव खर्च पनि म सँग छैन । गीत गाउँदै भोट मागिरहेको छु ।’ उनले सबै मिलेर देश बनाउनुपर्ने भएकाले आम एकताको लागि सबैलाई अपिल गरेको बताए । उनले भने, ‘मलाई जनताले जिताउँछन् भन्नेमा आशावादी छु, किनभने म गीत गाएर कमाएको सबै रकम गरिब दुःखीको हितमा लगाएको छु, म १० पटक अमेरिका गएँ, त्यताबाट पैसा ल्याउँथेँ, यहाँ गरिबको घर बनाउँथेँ ।’

उनले जनता जनार्दन भएको हुनाले स्वतन्त्र भएर चुनाव लडे पनि जित्न सकिने बताए ।

उनले भने, ‘स्वतन्त्रले जितिरहेका छन्, दलीय व्यवस्थाबाट जनता वाक्क भएका छन्, सबैलाई सोधेर चुनावमा आएको हुनाले म धेरै आशावादी छु ।’

उनले आफू निर्वाचित भएको खण्डमा चितवन १ मा पर्ने सौराहालाई ग्रेटर सौराहा बनाउने, चितवनको पहाडी क्षेत्रमा चियाखेती गर्ने योजना रहेको बताए । उनले भने, ‘अब हात्तीमाथि चढेर वन, निकुञ्ज घुम्ने होइन, केबुलकार चढेर घुम्ने हो, त्यस्तो योजना मैले बनाएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *