प्रचण्ड पुगे गोरखा दरबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा २ का उम्मेद्वार पुष्पकमल दाहाल (प्रचण्ड) गोरखा दरबार पुगेका छन् । निर्वाचन प्रचारका लागि उनी यतिबेला गोरखामा नै छन् ।

उनले गोरखाको बिकास इतिहासको प्रचारबाट गर्न सकिने बताए । गोरखा दरबार इतिहास भएकोले यसको संरक्षण र प्रबर्द्वन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुगेका थिए । जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा छन् । उनले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीव्र पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *