राप्रपा नेपालले निस्कृय पा¥यो आफ्ना उम्मेद्वार, कास्कीमा एमालेलाई सघाउने

पोखरा । कमल थापा नेतृत्वको राप्रपा नेपालले कास्कीमा उम्मेद्वारीी फिर्ता लिएको छ । सो पार्टीले अब नेकपा एमालेका उम्मेद्वारलाई सघाउनेछ ।

दुवै पार्टीले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै राप्रपा नेपालकातर्फबाट उम्मेद्वारी दिएकाहरुको उम्मेद्वारी फिर्ता गरि नेकपा (एमाले)लाई सघाउने सहमति भएको जनाइएको छ ।

‘आशन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा हामी दुई राजनीति दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपा नेपाल कास्की जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्की जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी फिताए गरि निःशर्त रुपमा नेकपा (एमाले)का उम्मेदवारहरुलाई बिजयी गराउन सहयोग गर्नेगरि सहमति गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति राप्रपा नेपाल कास्कीका सचिव एवं केन्द्रीय सदस्य सूर्य बास्तोला, उपाध्यक्ष बीरबहादुर तमाङ, नेकपा (एमाले) कास्कीका सचिव बैनबहादुर अधिकारी, कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *