गठबन्धन दलका विद्यार्थी संगठनले आफ्ना उम्मेदवारलाई सघाउन एउटा बुथमा २०० युवा खटाउने  

काठमाडौँ । सत्तारुढ गठबन्धन दलका विद्यार्थी संगठनले आसन्न निर्वाचनमा मातृ पार्टीका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन् । अनामनगरमा शुक्रबार बसेको नेविसंघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ, अखिल(छैठौँ), समाजवादी विद्यार्थी युनियनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उनीहरूले भनेका छन्– ‘ संविधान कुल्चने , पटक पटक संसद विघटन गर्ने र संघर्षबाट स्थापित उपलब्धि माथि खेलबाड गरी मुलुकलाई पछि फर्काउन चाहने ,स्वेच्छाचारी र प्रतिगामी शक्तिलाई मुलुकभरका निर्वाचन क्षेत्रबाट बिदा गर्ने योजना  निर्माण गर्ने रणनीति  अनुरूप  गठबन्धनमा सहभागी दल निकट विद्यार्थी संगठनका नेता कार्यकर्ताको व्यवस्थित र प्रभावकारी परिचालन गर्ने सम्बन्धमा विभिन्न निर्णयहरू भएका छन् ।’
उनीहरूले एउटा बुथमा २ सय जना युवा परिचालन गर्ने निर्णय समेत गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘नेपाल विद्यार्थी संघको  केन्द्रीय कार्यालय अनामनगरमा बसेको  बैठकले  मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा  ‘एक बुथ २०० युथ’ को  नीति बनाउँदै , हरेक बुथमा २०० युवाहरूको अनिवार्य परिचालन गर्ने सहितका निम्न निर्णयहरू गरेको जानकारी गराउँदछौँ ।’
यस्ता छन् निर्णयहरू 
१. पाँचवटै संगठनका अध्यक्ष संलग्न केन्द्रीय परिचालन समिति बनाउने ।
२. मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरीय  संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने ।
३. गठबन्धन आबद्ध विद्यार्थी संगठन का अध्यक्षहरूले अडियो,भिडियो मार्फत गठबन्धन का उम्मेदवारहरू विजय गराउन सार्वजनिक अपिल गर्ने ।
४. चुनावी प्रतिस्पर्धामा रहेका दलको शीर्ष नेतृत्व तथा संयुक्त विद्यार्थी संगठनका पूर्व विद्यार्थी अध्यक्षका चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरू उपस्थिति भएर निर्वाचन विशेष  कार्यक्रम र संयुक्त सम्बोधन अपिल गर्ने ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *