कांग्रेस बचाउन उम्मेदवारी दिएँ, एमालेको साथ छ : दिनेश कोइराला

चितवन । चितवन ३ बाट स्वतन्त्रबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेसलाई बचाउन आफूले उम्मेदवार दिएको बताएका छन् ।

चितवन ३ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेका कोइरालाले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी भने, ‘कांग्रेसलाई बचाउन मेरो उम्मेदवारी हो, नेकपा एमालेका साथीहरूले साथ छ भन्नुभएको छ, योबाहेक अरू केही छैन ।’

उनले सुशील कोइरालालाई जिताएको क्षेत्रमा कांग्रेसको जनमत क्षयीकरण हुँदै गएको हुनाले आफूले नेपाली कांग्रेसलाई जिवित राख्न उम्मेदवारी दिएको बताए ।

उनले भने, ‘म कांग्रेस छोडेर अन्य कुनै पार्टीमा जान्नँ, म नमरेसम्म कांग्रेसमै रहन्छु ।’ नेकपा एमालेमा जाने भन्ने चर्चा छ नि भन्ने पत्रकारको जिज्ञासामा कोइरालाले भने, ‘म एमालेमा एक जान्नँ, दुई जान्नँ, तीन जान्नँ, कांग्रेसमै रहन्छु ।’

उनले नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीले आफूलाई साथ दिने बताए । कोइराला माछा चुनाव चिन्ह लिएर चितवन ३ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *