कांग्रेसबाट मधेश सरकारमा सामेल ३ मन्त्री बर्खास्त

काठमाडौँ । नेपाली कांग्रेसबाट मधेस सरकारको गठबन्धन सरकारका सामेल ३ जना मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई शुक्रबार बर्खास्त गरेका हुन् ।

बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । २६ जेठ २०७८ मा मा मन्त्री नियुक्त उनीहरुलाई मुख्यमन्त्रीले राजीनामा दिन आग्रह गरे पनि राजीनामा नदिएपछि बर्खास्त गरिएको बुझिएको छ ।

खास गरी संघीय सरकारमा रहेको जनता समाजवादी पार्टीका मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेपछि कांग्रेसका मन्त्रीलाई पनि जसपा नेतृत्वको मधेस सरकारका मुख्यमन्त्रीले बर्खात गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *