सुर्खेतमा बैंकहरुको चर्को ब्याजविरुद्ध विरोध प्रदर्शन (तस्बिरहरू)

सुर्खेत। बैंकहरुले लिएको चर्को ब्याजदरविरुद्ध बिहीबार विभिन्न ब्यबसायिक संघ-संस्थाहरुले सुर्खेतको वीरेन्द्रनगर विरोध प्रदर्शन गरेका छन् ।

बिहानैबाट बजार बन्दको आव्हान गरेका व्यावसायीले र्‍याली निकाल्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । सुर्खेत उद्योग वाणिज्य संघमा बसेको ब्यबसायिक संघ संस्थाकाे बैठकले विज्ञप्ति जारी गर्दै आन्दोलनको विभिन्न कार्यक्रमकाे घाेषणा गरेको हो । शुक्रबार वीरेन्द्रनगरका व्यापार व्यावसायीहरुले आफ्नो व्यापार बन्द गरेर आन्दोलन गरेका छन् ।

बिहीबार गठन भएको संयुक्त संघर्ष समितिसमेत ऋणीहरूलाई त्रैमासिकको ब्याज तथा किस्ता नबुझाउन आग्रह समेत गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *