प्रभु साहले पाए सत्ता गठबन्धनको समर्थन

काठमाडौँ । रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्तासीन दलको गठबन्धनले समर्थन गर्ने भएको छ । उनले नेकपा एमालेको टिकट छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सत्ता गठबन्धनका तर्फबात उक्त स्थानमा माओवादी केन्द्रका रवीन्द्र पटेललाई उम्मेदवारी दिन लागाइएको थियो । अब पटेललाई थामथुम पारी निस्क्रिय बनाएर साहलाई गठबन्धनले समर्थन गर्ने भएको हो ।

प्रभु साहको आग्रहमा स्वतन्त्र उम्मेद्वारी दिएका अन्यको हकमा भने गठबन्धनले कुनै निर्णय गरेको छैन ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी, जनमोर्चा लगायत दल छन् ।

साह पनि विगतमा माओवादी पृष्ठभूमिबाटै आएका हुन् । माओवादी केन्द्र र एमाले मिलेर बनेको पार्टी विभाजन भएपछि उनी माओवादी पक्ष छोडेर केपी ओली पक्षतिर लागेका थिए । एमाले पनि फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेपछि पनि उनी ओलीकै साथमा रहेका थिए ।

साहले निर्वाचन आयोगबाट स्वतन्त्र उम्मेदवारको रुपमा चापाकल चुनाव चिन्ह समेत पाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *