मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिए, फिर्ता लिनेमा दुईजना एसका नेता

विराटनगर । मोरङ जिल्लामा ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधि सभाका ३ जना र प्रदेश सभामा ८ जना गरी ११ जनाले  उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगले तोकेको समयसीमा भित्र उम्मेदवारी फिर्ता लिनेमा बागी उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार धेरै छन्  ।
दर्ता भएको उम्मेदवारी फिर्ता लिनेमा प्रतिनिधि सभामा क्षेत्र नम्बर १बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका सुजता थापा,  क्षेत्र नम्बर २ बाट गोकुलप्रसाद पोखरेल र  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा क्षेत्र नम्बर ६बाट उम्मेदवारी दिएका राजु मण्डल राजवंशी रहेको  प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए  ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि मनोनयन दर्ता गरेर फिर्ता लिनेमा स्वतन्त्रमा उम्मेदवारी दिएका क्षेत्र नम्बर १का डिल्लीराम शर्मा अधिकारी, ३ का तिलकप्रसाद राई, कञ्चनकुमार बुढाथोकी, क्षेत्र ५बाट भूराज राई, क्षेत्र नम्बर ६ बाट जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठ रहेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट क्षेत्र नम्बर ४ मा मनोनयन दर्ता गरेका महेश रेग्मी र क्षेत्र नम्बर ६ का मो वासिम आलमले उम्मेदवारी दर्ता फिर्ता लिएको अधिकारीले जानकारी दिए । गठबन्धनबाट असन्तुष्टि जनाउँदै आलम र रेग्मीले मनोनयन दर्ता गराएका थिए
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *