रामचन्द्र पौडेलका प्रतिस्पर्धी जोशीलाई चुनाव चिन्ह कैँची

पोखरा । राजनीतिक जीवनभर प्रतिस्पर्धी रहेका रामचन्द्र पौडेल र गोविन्दराज जोशी पछिल्लो ६ वर्षदेखि एउटै पार्टीमा छैनन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलका लागि पूर्व सह महामन्त्री जोशी सधैँ तगारो बनेर रहे । अहिले पनि दुईबिच प्रतिस्पर्धा छ । पौडेल काङ्ग्रेसबाट गठबन्धनको साझा उम्मेदवार हुन् भने जोशी स्वतन्त्र उम्मेदवार हुन् ।

जोशीले २०७४ मा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । तत्कालीन समयमा उनलाई कांग्रेसले कारबाही गरेको थियो । अहिलेसम्म उनको कारबाही फुकुवा भएको छैन । जोशीले त्यसपछि कांग्रेस हराउन समानान्तर गतिविधि गर्न थाले ।

गत स्थानीय निर्वाचनमा एमालेसँग मिलेर आफ्नै छोरालाई ब्यास नगरको मेयर उठाए । तत्कालीन समयमा पनि उनका छोराले कैँची चिन्ह पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *