एमालेबाट टिकट नपाएका मण्डलको चुनाव चिन्ह ‘चापाकल’

विराटनगर । नेकपा एमालेले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डालले चुनाव चिन्ह चापाकल पाएका छन् ।
जीवन विकास समाजको संस्थापक अध्यक्ष भएर २५ वर्ष पहिला संस्था स्थापना गरेर सामाजिक क्षेत्रमा लागेका मण्डल राजनीति भन्दा पनि सामाजिक पृष्ठभूमिका हुन् ।  जीवन विकास समाज स्थापना हुनु भन्दा पहिलादेखि निरन्तर समाजसेवामा लागेको मण्डल बताउँछन्  ।  करिब ३८ वर्षदेखि निरन्तर समाजसेवामा लागेका बताउने उनी किसान छोरा हुन् ।
मण्डल विराटनगरदेखि २२ किलोमिटर पूर्व दक्षिण अमाहीबरियातीमा जन्मिएका हुन् ।  उनले २५ वर्षको अवधिमा संस्था स्थापना गरेपछि  अहिलेसम्म २ हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको बताए । कृषिमा आधुनिकीकरण, कृषिमा प्रविधिको प्रयोग, नागरिकका लागि सहज र सर्वसुलभ  उपचारका लागि अस्पताल समेत सञ्चालनमा ल्याएका छन् ।  उनले आगामी दिनमा असहाय र विपन्नका लागि सहज स्वास्थ्य सेवा प्रवाह गर्न ३ सय बेडको अस्पतालको निर्माणको काम सुरु भएको मण्डलले बताए ।
विपन्नका लागि नमुना विद्यालय सञ्चालन गरी अहिले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क पढाउँदै आएका छन् भने  उनले सञ्चालन गरेको विद्यालयमा १५ सय विद्यार्थी अध्ययन गर्दै आएको मण्डल दाबी गर्छन्   ।
‘गरिबी, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि कम गर्दै आएको मेरालागि निरन्तर काम गर्दै आएको छु, उनले भने, मेरो उम्मेदवारी भनेको राजनीतिको नीति बदल्न र समाज परिवर्तनका लागि हो ।’
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *