एमालेका ४ उम्मेदवार फिर्ता, कांग्रेसदेखि राप्रपासम्मलाई सघाउने

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभाका ३ र प्रदेश सभाका १ जनाको उम्मेदवारी फिर्ता लिएको छ । उनीहरुको उम्मेदवारी फिर्ता लिएर एमालेले अन्य पार्टी सँग तालमेलको कसरत गरेको छ ।

एमालेले डडेलधुरलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चक्रबहादुर स्नेहीको उम्मेदवारी फिर्ता लिएको छ । त्यहाँ पार्टीले नेपाली कांग्रेस विपीका कर्ण मल्ललाई समथर्न गरेको छ । मल्ल नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी हुन् ।

त्यस्तै, त्यस्तै, नवलपरासीमा सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएर एमाललेले जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीलाई सघाउने भएको छ । त्रिपाठीले अर्वपति व्यापारी विनोद चौधरीसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, चितवन ३ मा रामप्रसाद न्यौपानेको उम्मेदवारी फर्ता लिएर एमालेले कांग्रेसका गागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ ।

धादिङ २ मा राप्रपाले एमालेलाई प्रतिनिधिसभामा समर्थन गरेको छ भने एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार धनबहादुर घलेको उम्मेदवारी फिर्ता लिएर राप्रपाका डम्मर घलेलाई समर्थन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *