काठमाडौँ–३ मा माओवादीले मानेन गठबन्धनको निर्णय

काठमाडौँ । काठमाडौँ क्षेत्र नंं. ३ मा सत्ता गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको नेकपा माओवादीले उम्मेदवारी फिर्ता लिएकाे छैन । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धनका शीर्ष नेताहरूले गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेले बुधबार १ बजेसम्म फिर्ता लिन ह्विप जारी गरेको थिए ।

काठमाडौँ ३ मा गठबन्धनको निर्णयअनुसार प्रतिनिधि सभा र प्रदेश क्षेत्र १ काङ्ग्रेसको र प्रदेश क्षेत्र २ माओवादीको भागमा परेको थियो । तर प्रदेश क्षेत्र २ बाट काङ्ग्रेसका बिमल ठकुरीले टिकट ल्याएर उम्मेदवारी दर्ता गराएपछि नेकपा एसको समर्थनमा माओवादीले तिनै सिटमा उम्मेदवारी दर्ता गरेको थियो।

काठमाडौँ ३ मा विभिन्न दल र स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको थियो । आज अन्तिम नामावली प्रकाशन गर्दा एक जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता गरेपछि प्रतिनिधि सभा तर्फ २३ जना अन्तिम प्रतिस्पर्धामा उत्रेका छन् ।

यस क्षेत्रमा नेकपा एमालेले कृष्ण बहादुर राई, नेपाली कांग्रेसले सन्तोष चालिसे, माओवादी केन्द्रले बद्री प्रसाद बजगाई, राप्रपाले गणेश गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीले दुर्गा विक्रम थापा क्षेत्रीलाई उम्मेदवार बनाएका छन् ।

यसैगरी यसै क्षेत्रको प्रदेश क्षेत्र १ मा काङ्ग्रेसबाट बागी उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीले उम्मेदवारी फिर्ता लिएकी छिन् । उनले पार्टीको उम्मेदवार बिमल ठकुरीलाई सघाउन उम्मेदवारी फिर्ता लिएको बताएकी छिन् ।

प्रदेश क्षेत्र २ मा भने काङ्ग्रेसको बागी उम्मेदवार बनेका दीपेन्द्र लामाले भने उम्मेदवारी फिर्ता लिएनन् । लामा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ को काङ्ग्रेसबाट विजयी पूर्व वडा अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *