बामदेव तटस्थ, स्वविवेक प्रयोग गर्न समर्थकलाई आग्रह

काठमाडौँ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतम तटस्थ बस्ने भएका छन् । बुधबार एक विज्ञप्ति जारी गरेर गौतमले यस्तो जनाएका हुन् ।

सत्तारुढ दलको चुनावी गठबन्धन र एमालेलगायत दलको चुनावी गठबन्धन दुबै संसदीय प्रतिप्रर्धाको राजनीतिक प्रणालीको सिद्धान्त र संविधानको मर्मविरुद्ध रहेको भन्दै उनले दुवै पक्षलाई समर्थन नगर्ने जनाएका हुन् ।

उनले आफ्नो अभियान र पार्टीप्रति आश्था राख्ने शुभचिन्तक र समर्थकलाई स्वविवेक प्रयोग गरेर मतदान गर्न समेत विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *