दीपक मनाङे गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

पोखरा । राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध रुपमा प्रदेश सासंदमा निर्वाचित भएका छन् । मनाङ (ख) बाट स्वतन्त्र रूपमा उमेदवारी दिएका मनाङे सर्वसम्मत भएका हुन् ।

उनीविरूद्ध स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले उम्मेद्वार बनेका थिए । गुरुङले आफ्नो उमेदवारी फिर्ता लिन बुधबार बिहान १० बजे निर्वाचन अधिकृतकाे कार्यालयमा निवेदन दिएका छन् । मनाङे हाल गण्डकीको युवा तथा खेलकुदमन्त्री समेत हुन् ।

गुरुङले उम्मेद्वारी फिर्ता लिएपनि औपचारिक घोषणा हुन बाँकी छ । उम्मेदवारी फिर्ता लिने समय दिउँसाे ३ बजेसम्म भएकाेले ३ बजेपछि निर्वाचन कार्यालयले उम्मेदवारी फिर्ता भएकाे र मनाङे निर्विराेध भएकाे घाेषणा गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *