उम्मेद्वारी दर्तापछि चुपचाप उम्मेद्वारहरु

पोखरा । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेद्वारी दर्ता भएको छ ।

मनोनयनपछि अहिले दावी विरोध र उम्मेद्वारी फिर्ता लिने समय चलिरहेको छ । उम्मेद्वारहरु मनोनयन दर्तापछि चुपचाप छन् । केही आन्तरिक तयारीमा लागेका छन् भने केहीले घरदैलो सुरु गरिसकेका छन् ।

गण्डकीका हेवीवेट उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्ड उम्मेद्वारी दर्ता गरेर नेता कार्यकर्तासँग सामान्य छलफलपछि काठमाडौं फर्किएका छन् । उनी सोमबार काठमाडौं फर्किएका हुन् । उनले गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेद्वारी दिएका छन् । खासगरी अन्य क्षेत्रबाट आएर उम्मेद्वार बनेकाहरु अहिले जिल्लामा छैनन् । प्रायः काठमाडौं फर्किएका छन् ।

केही जिल्लामा अझै उम्मेद्वारीमा समस्या छ । तनहुँ, स्याङजा र नवलपुरमा गठबन्धन उम्मेद्वारको टुंगो लागेको छैन । गठबन्धनको निर्णय विरुद्ध छुट्टाछुट्टै पार्टीले उम्मेद्वारी दिएका छन् । स्याङजा १ (क) र २ (ख) माओवादी केन्द्रको भागमा परेपनि यहाँ कांग्रेसले आफ्नै उम्मेद्वार उठाएको छ । तनहुँका ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन विरुद्ध बागी उम्मेद्वारी हालेको छ । नवलपुरमा समेत कांग्रेसले पार्टी निर्देशन विना उम्मेद्वारी दर्ता गरेका छन् ।

गठबन्धनका सबै बागी उम्मेदवारलाई तत्काल उम्मेद्वारी फिर्ता लिन र गठबन्धन उम्मेद्वारलाई सहयोग गर्न निर्देशन जारी गरेको छ । कास्कीमा पनि आधिकारिक उम्मेद्वार विरुद्ध बागी उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *