उम्मेदवारी दर्तापछि चुपचाप गण्डकीका उम्मेदवारहरु

पोखरा । आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । मनोनयनपछि अहिले दाबी विरोध र उम्मेदवारी फिर्ता लिने समय चलिरहेको छ । उम्मेदवारहरु मनोनयन दर्तापछि चुपचाप छन् । केही आन्तरिक तयारीमा लागेका छन् भने केहीले घरदैलो सुरु गरिसकेका छन् ।
गण्डकीका हेबिवेट उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गरेर नेता कार्यकर्तासँग सामान्य छलफलपछि काठमाडौं फर्किएका छन् । उनी सोमबार काठमाडौं फर्किएका हुन् । उनले गोरखा २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।
खासगरी अन्य क्षेत्रबाट आएर उम्मेदवार बनेकाहरू अहिले जिल्लामा छैनन् । प्रायः काठमाडौं फर्किएका छन् । केही जिल्लामा अझै उम्मेदवारीमा समस्या छ । तनहुँ, स्याङ्जा र नवलपुरमा गठबन्धन उम्मेदवारको टुङ्गो लागेको छैन । गठबन्धनको निर्णय विरुद्ध छुट्टाछुट्टै पार्टीले उम्मेदवारी दिएका छन् ।
स्याङ्जा १ (क) र २ (ख) माओवादी केन्द्रको भागमा परेपछि यहाँ कांग्रेसले आफ्नै उम्मेदवार उठाएको छ । तनहुँका ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन विरुद्ध बागी उम्मेदवारी हालेको छ । नवलपुरमा समेत कांग्रेसले पार्टी निर्देशन विना उम्मेदवारी दर्ता गरेका छन् ।
गठबन्धनका सबै बागी उम्मेदवारलाई तत्काल उम्मेदवारी फिर्ता लिन र गठबन्धन उम्मेदवारलाई सहयोग गर्न निर्देशन जारी गरेको छ । कास्कीमा पनि आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *