देउवाकाे जन्म मितिबारेको उजुरी खारेज, मतदाता नामावलीमा त्रुटी भएको निष्कर्ष

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यमा दर्ता गराएको उम्मेदवारी खारेज नहुने भएको छ ।

देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा मनोनयन दर्ता गराएका थिए । तर, नागरिकता र मतदाना नामावलीमा उनको जन्म मिति फरक परेपछि उनको उम्मेदवारीविरुद्ध निर्वाचन आयोजमा उजुरी परेको थियो ।

मुख्य निर्वाचत अधिकृतको कार्यालयले देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी खारजे गरेको थियो । मतदाता नामावली संकलन र छपाइका क्रममा उनको जन्ममिति प्राविधिक कारणले फरक परेको र सच्याउनु पर्ने कार्यालयले जनाएको छ ।

कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले सोमबार देउवाविरुद्ध उजुरी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *