फेवातालको जलकुम्भी सरसफाइ गरिँदै (फोटो फिचर)

पोखरा। निरन्तरको वर्षाले पोखराको फेवातालमा जलकुम्भी भरिएको छ । जलकुम्भी भरिएपछि पोखरा महानगरले त्यसलाई निकाल्न महाअभियान सुरु गरेको छ ।

मंगलबार पोखराका ३३ वटै वडाबाट सर्वसाधारण नागरिक भेला भएर जलकुम्भी निकालेका छन् । एकैदिन ७५ प्रतिशत जलकुम्भी निकालिएको महानगरले जनाएको छ ।

अब दैनिक रुपमा सफाई सुरु गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।

ड्यामसाइडदेखि चंखपुरसम्म ३३ वटा युनिट बनाएर जलकुम्भी निकालिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *