पिएस भन्छन्ः अबको मुख्यमन्त्री पनि लमजुङबाटै

पोखरा । एमालेका उपमहासचिव तथा लमजुङको प्रतिनिधि सभा सदस्य उम्मेद्वार पृथ्वीसुब्बा गुरुङले अब पनि मुख्यमन्त्री लमजुङबाटै हुने बताएका छन् ।

गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका उनले गण्डकीमा पुनः लमजुङकै सांसद मुख्यमन्त्री बन्ने बताए ।

उनले लमजुङ (क) बाट उम्मेद्वार बनेका जमिन्द्रमान घले मुख्यमन्त्री बन्ने बताएका हुन् ।

एमाले लमजुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गुरुङले गण्डकीमा एमालेको बहुतम आउने र मुख्यमन्त्री घले बन्ने बताए । ‘लमुजङका दुवै क्षेत्र जित्न सक्यौं र समानुपातिकमा पनि २ जना सांसद बन्नुभयो भने प्रदेश सभामा राम्रो स्थान हुन्छ ।

भोलि मुख्यमन्त्री पनि बन्न सक्छ, नभए पनि महत्वपूर्ण पद लमजुङले पाउँछ,’ उनले भने । गुरुङ आफै प्रदेश सभा सदस्यको उम्मेद्वार बन्न चाहेका थिए । तर एमालेले उनलाई प्रतिनिधि सभा सदस्यको टिकट दियो ।

गण्डकीको मुख्यमन्त्री बन्नका लागि केन्द्रीय सदस्य खगराज अधिकारीलाई प्देशमा पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *