गज्जवको संयोग : २८ वर्षे युवा र १ सय वर्षीय बृद्ध प्रचण्डका प्रतिश्पर्धी

पोखरा । ६८ वर्ष उमेर टेक्दै गरेका पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हुन् ।

२७ वर्षअघि २०५२ सालमा उनकै नेतृत्वमा गोरखाबाट जनयुद्धको सुरुआत भएको थियो । संयोग, उनले जनयुद्ध सुरु गर्दा जन्मिएका अब्दुस मियाँ पनि उनका प्रतिश्पर्धी छन् ।

नेकपा एमालेबाट २८ वर्षे युवा मियाँले प्रचण्ड विरुद्ध उम्मेद्वारी दिएका हुन् । ‘मेरो उम्मेद्वारी स्वभाविक हो, उहाँको (प्रचण्ड) अस्वभाविक हो,’ अब्दुस भन्छन्, ‘किनभने उहाँ गोरखाको मान्छे होइन, म गोरखाको मान्छे हुँ ।’
त्यति मात्रै होइन, प्रचण्ड जन्मिँदा ३२ वर्ष उमेर पुगिसकेका टिकादत्त पोखरेल पनि प्रचण्डकै प्रतिश्पर्धी हुन् ।

पोखरेल अहिले १ सय वर्षका भए । नेपाली कांग्रेस वीपीबाट उनले उम्मेद्वारी दर्ता गराएका छन् । ‘प्रजातन्त्रका लागि मैले जीवन विताएको छु । प्रजातन्त्रकै लागि मान्छेको हत्या गर्नेहरु अहिले उम्मेद्वार बनेका छन्,’ पोखरेल भन्छन्, ‘म प्रजातन्त्र जोगाउनका लागि उम्मेद्वार बनेको हुँ ।’

प्रचण्डले भने गोरखा आफ्नो लागि ऐतिहासिक र भावना जोडिएको जिल्ला भएकोले आफु सोही जिल्लाबाट उम्मेद्वार बनेको दावी गरेका छन् । ‘गोरखा जिल्ला मेरो लागि एउटा ऐतिहासिक जिल्ला हो । यहाँ आउँदा म कता आएँ भन्ने लागेको छैन,’ उनले भने, ‘यो जिल्लासँग मेरो धेरै सम्बन्धहरु छन् ।

त्यसलाई मैले भुल्न सकेको छैन ।’ उनले आफ्नै पार्टीबाट छुट्टिएर हिडेका बाबूराम भट्टराई र बरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई साक्षी राखेर उम्मेद्वार दिए । भट्टराईले प्रचण्डलाई समर्थन गरेर आफु उम्मेद्वार नबन्ने निधो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *