प्रधानमन्त्री देउवा विरुद्ध परेको उजुरी आयोगले भोलि २ बजे सम्ममा निर्णय गर्ने

डडेलधुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोग सोमबार उजुरी परेको छ ।

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका देउवाको मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ रहेको छ भने, मतदाता नामावलीमा जन्म मिति ३१ जेठ २००२ लेखिएको छ ।

जन्ममिति फरक परेपछि उम्मेदवारी खारेजीको माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाको उम्मेदवारी विरुद्ध उजुरी परेको पुष्टि गर्दै उनि विरुद्ध परेको उजुरीमाथि भोलिसम्म निर्णय हुने उनले बताए ।

उनले भने, उजुरीमाथि छानबिन गर्न भोलि २ बजेसम्मको समय छ । हामी निर्णय गर्छौ ।

उम्मेदवार विरुद्ध परेको उजुरीको निर्णय गर्ने अधिकार भने निर्वाचन अधिकृतलेनै गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *