प्रतिनिधि सभामा २४५२ र प्रदेश सभा तर्फ ३३२६ जना उम्मेदवारले दिए उम्मेदवारी

काठमाडौँ । निर्वाचन आयोगको कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारहरुको संख्या सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगको कार्यालय अनुसार प्रतिनिधि सभामा कुल २४५२ जनाले उम्मेदवारी दिएका छन्। जस अन्तर्गत २२२३ जना पुरूष र २२९ जना महिला छन् ।

प्रदेश सभातर्फ ३०३९ पुरूष, २८६ महिला र एक जना अन्य गरी ३३२६ जनाको उम्मेदवारी दर्ता भएको छ।

आयोगले सार्वजनिक गरेको विवरण कतिपय जिल्ला र निर्वाचन क्षेत्रबाट सञ्चार सम्पर्कमा सहज नभएकाले यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

प्रदेश १ मा ४९४, मधेस प्रदेशमा ७६७, बागमती प्रदेशमा ६३५, गण्‍डकी प्रदेशमा २२८, लुम्बिनी प्रदेशमा ४३७, कर्णाली प्रदेशमा ८१ र सुदूरपश्चिम प्रदेशमा २०३ जना उम्मेदवारहरू छन्।

दर्ता भएका उम्मेदवारको सूची आजै निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *