एमालेसँग राप्रपाको मिलेन कुरा, कास्कीका सबै क्षेत्रमा छुट्टै उम्मेद्वार

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका सबै क्षेत्रमा एकल उम्मेद्वारी दिएको छ । ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा सदस्यका लागि उम्मेद्वारी दर्ता भएको छ ।

अन्तिमसम्म पनि एमालेसँग तालमेलको कसरत भएको थियो । तर तालमेल असफल भएपछि सबै क्षेत्रमा उम्मेद्वारी दिएको राप्रपाले जनाएको छ ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभाका लागि डा. सुर्यबहादुर गुरुङ, प्रदेश सभा (क) मा बाबुराम थापा र (ख) मा डा. महेन्द्रबहादुर कार्कीले उम्मेद्वारी दिएका छन् ।

यस्तै, कास्की २ बाट प्रतिनिधि सभा सदस्यका लागि सुवर्णराज पन्त, प्रदेश (क) मा विजयबहादुर भण्डारी र (ख) मा अरुण गिरीले उम्मेदवारी दिएका छन् ।

कास्की ३ मा प्रतिनिधी सभा सदस्यका लािग जगत प्रसाद सुवेदी, प्रदेशसभा (क) मा केदारनाथ अधिकारी र (ख) मा हरिराम भण्डारीले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ता लिने समयसम्म एमालेसँग तालमेल प्रयास जारी राख्ने र तालमेल नभए एक्लै निर्वाचनमा जाने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । राप्रपाले गत स्थानीय निर्वाचनमा कास्कीबाट करिब ६ हजार मत पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *