लोसपाका दुई मधेस प्रदेशका साँसद बने स्वतन्त्र उम्मेदवार

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेस प्रदेश साँसदद्वय बाबुलाल साह र सुरिता कुमारी साह स्वतन्त्र उम्मेदवार बनेकी छन् ।

०७४ मा महन्ठ ठाकुर नेतृत्वकै तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट रौतहट १ (क)मा बाबुलाल साह र महोत्तरी २ (ख)मा सुरिता कुमारी साह निर्वाचित भएकी थिइन् । अहिले लोसपामा रहेका उनी दुबै जना टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका छन् ।

बाबुलालले उम्मदेवारी दर्ता गराइसकेका छन् । सुरिता भने उम्मेदवारी दर्ता गराउने तयारीमा जुटेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *