चितवन ३ : प्रचण्डले छोडेपछि डा. भोजराजको उमेदवारी दर्ता

चितवन । चितवन ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोडेको क्षेत्र हो ।

उनी चितवन ३ छोडेर गोर्खा २ पुगेका छन् । चितवन ३ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारीले उम्मेदवारी दर्ता गरेका छन् ।

अधिकारी भरतपुरका चर्चित फिजिसियन डाक्टर हुन् । अधिकारी भरतपुर अस्पताल विकास समितिका अध्यक्ष थिए । उनले अध्यक्षबाट राजीनामा दिइसकेका छन् ।

चितवन ३ मा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *