कास्की २ मा भट्टराई र बरालको उम्मेद्वारी, प्रदेशमा विन्दु थापा दोहोरिए

पोखरा । आसन्न निर्वाचनका लागि कास्की २ मा एकीकृत समाजवादी र एमाले उम्मेद्वार वीच प्रतिश्पर्धा हुने भएको छ ।
गठबन्धनको तर्फबाट यो क्षेत्र एकीकृत समाजवादीले पाएको छ । गठबन्धनका साझा उम्मेद्वार श्रीनाथ बराल र एमाले उम्मेद्वार विद्या भट्टराईले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, प्रदेशसभा तर्फ (क) मा एमालेका भीम कार्की र गठबन्धनबाट माओवादीका विश्वप्रकाश लामिछाने उम्मेद्वार बनेका छन् । प्रदेशसभा (ख) मा दुई प्रदेश सांसदबीच प्रतिश्पर्धा हुने छ ।
बहालवाला मन्त्री विन्दुकुमार थापा गठबन्धनका उम्मेद्वार हुन् भने सांसद मिना गुरुङलाई एमालेले टिकट दिएको हो ।
मनोनयन दर्ता गराएपछि दुवै पक्षका प्रतिश्पर्धीले सामुहिक तस्विर पनि खिचाएका छन् ।
Seen by Prakash Dhakal at 4:31 PM
Enter
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *