दीपक मनाङे सर्वसम्मत, एमाले र गठबन्धनको समर्थन

पोखरा । मनाङको प्रदेशसभा (ख) बाट राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत सांसद बन्ने भएका छन् ।

हालसम्म उम्मेद्वारी दर्ता नगरेका उनलाई कांग्रेसले पहिले नै समर्थन गरिसकेको छ । अहिले पनि एमालेले समेत उनलाई समर्थन गर्ने बताएको छ ।

कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले मनाङेले प्रदेश सरकार बनाउन सहयोग गरेका कारण कांग्रेसले समर्थन गरेको बताए । उनका अनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ उम्मेद्वार छन् भने प्रदेशसभा (क) मा मुनिन्द्रजंग गुरुङ उम्मेद्वार छन् ।

यसअघि यहाँको प्रदेशसभा (क) मा माओवादीका कपिल लामा उम्मेद्वार बन्ने सहमति थियो । लामाले पनि उम्मेद्वारी हालेका छन् । तर कांग्रेसले आफ्नो छुट्टै उम्मेद्वार खडा गरेको छ । तर मनाङेको हकमा भने कसैले पनि उम्मेद्वार अघि सारेका छैनन् । एमालेका नेता पोल्देन छोपान गुरुङले पनि मनाङे एमालेको उम्मेद्वार भएको बताएका छन् ।

मनाङेले आफु अस्वस्थ रहेकोले ढिलो गरी उम्मेद्वारी दर्ता गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *