डा. शेखर काेईरालाले गरे मनाेनयन दर्ता

विराटनगर । गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका नेता डा. शेखर काेईरालाले मनाेनयन दर्ता गरेका छन् ।

माेरङ क्षेत्र नम्बर ६ बाट मनाेनयन दर्ता गरेका हुन् । उनले दिउसाे मनाेनयन दर्ता गरे । उनी काङ्ग्रेस नेता कार्यकर्ताका साथमा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दिएका हुन् ।

नेता डा. शेखर कोइरालाले जेष्ठ नागरिक प्रभा आचार्य-७३ लाई प्रस्तावक र पहिलोपटक मतदाता बनेका आकाश घिमिरे-२६ लाई समर्थक राखेर आफ्नो उमेदवारी दर्ता गराएका थिए ।

गठबन्धन दल नेकपा माओवादीका उम्मेद्वार जीवन आचार्यले भने कोइराला भन्दा अगाडिनै मओवादी नेता कार्यकर्ताकाे साथमा मनाेनयन दर्ता गरेर निस्केका थिए ।
माओवादी र काङ्ग्रेस फरक फरक रूपमा निर्वाचन कार्यलय पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *