काठमाडौं १ बाट रवीन्द्र मिश्रले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । विवेकशील साझा छाडेर केहि दिन अघिमात्र राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्रले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

मिश्रले काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारी दर्ता गरेका हुन् ।

आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आज साँझ ५ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *