चितवन ३ मा कांग्रेसका दुई नेताको स्वतन्त्रबाट उमेदवारी दर्ता

चितवन । चितवन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दुई नेताले स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उमेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । उनले गठबन्धनविरुद्ध विद्रोह गरेर स्वतन्त्र उमेदवार दर्ता गरेको बताए ।
यस्तै चितवन ३ मा स्वतन्त्रबाट कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले पनि उमेदवारी दर्ता गराएका छन् ।

यसअघि भरतपुर महानगरका मेयरका प्रत्याशी पौडेल फेरि प्रतिनिधिसभाको लागि चुनावी मैदानमा आएका छन् ।

पार्टी नीतिविपरीत पौडेल यसअघि भरतपुर महानगरमा मेयरमा भुइँकटहर चिन्ह लिएर उठेपछि नेपाली कांग्रेसले कारबाही गरेको थियो । उनको कारबाही फुकुवा नभएको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *