मेरो जीत सुनिश्चित छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं ५ बाट उम्मेदवारी दर्ता गरेका छन् ।
साथै, उनले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेका छन् ।

नेता पोखरेलले उम्मेदवारी दर्तापछि सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै आफ्नो जीत सुनिश्चित रहेको र एमालेले जनताको मन जित्ने काम गरेको समेत बताए ।

पोखरेलले स्वतन्त्र उम्मेदवारहरूबारे आफू र एमालेले कहिल्यै नकारात्मक रुपमा नलिएकोसमेत जिकिर गरे ।
यसअघि २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशशरण महतलाई हराएर पोखरेल विजयी भएका थिए । अहिले भने कांग्रेसले युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *