घनश्याम भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिँदै (भिडिओ)

काठमाडौँ । एमाले परित्याग गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मलेन गर्दै भुसालले वामपन्थी एकताको पहल गर्ने उद्देश्यका साथ प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

४५ वर्ष नेकपा एमालेमा बिताएका भुसालले आसन्न निर्वाचनका लागी टिकट नपाएपछि शनिवार पार्टी परित्याग गरेको घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा भुसालले एमाले अध्यक्ष केपी ओलीले निरकुंश तानाशाही विधि,पद्धति केही पनि नमानी एकलौटी ढङ्गले पार्टी संचालन गरेको भन्दै आफुले बाध्य भएर पार्टी त्याग गरेको बताए ।

उनले आफूलाई सत्तारुढ गठबन्धनका दलहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएको तथा नेकपा माओवादी केन्द्रले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिने बताए । भुसालले आफू राजनीतिक मान्छे भएका कारण अरू क्षेत्रबाट राजनीतिमा योगदान हुन सके पनि संसदबाटै प्रभावकारी हुने भएका कारण चुनावमा उठ्न लागेको बताउदै देश विकास र वाम एकतालाई अझ बलियो बनाउन आफु लाग्ने समेत बताउछन् ।

रुपन्देही क्षेत्र न. १ बाट नेकपा एमालेले छविलाल विश्वकर्मालाई चुनावी मैदानमा उतारेको छ भने गठबन्धनको सहयोगमा धनश्याम भुसाल स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रने भएका छन् भने राप्रपाले नेकपा एमालेलाई सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *