म्याग्दीमा गठबन्धनले साट्यो टिकटः प्रतिनिधिसभामा कांग्रेस, प्रदेशमा माओवादी

पोखरा । यसअघि म्याग्दीको प्रतिनिधिसभामा माओवादीले टिकट पाएको थियो । प्रदेशसभाका दुईवटै क्षेत्रमा कांग्रेसलाई भाग परेको थियो ।
तर स्थानीय नेताहरुको दवावका कारण टिकट साटफेर भएको छ । अव म्याग्दीको प्रतिनिधिसभामा कांग्रेसले टिकट पाउने छ भने प्रदेशसभामा माओवादीका उम्मेद्वार हुने भएका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका खमबहादुर गर्वुजा खम्बिरले उम्मेद्वारी दिने बताइएको छ । दुवै पार्टीका नेताहरुबीच टिकट साटफेर गर्ने सहमति भएपछि यस्तो निर्णय गरिएको माओवादी म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *