कास्की ३ मा एमालेले दियो उम्मेदवारी

पोखरा । कास्की क्षेत्र नम्बर ३ का सबै क्षेत्रमा एमालेका उम्मेद्वारले उम्मेद्वारी दर्ता गरेका छन् । जिल्ला समन्वय समितिको सभाहलमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले उम्मेद्वारी दिएका हुन् । यहाँबाट प्रतिनिधिसभामा एमालेले दामोदर बैरागीलाई उम्मेद्वार बनाएको छ ।

प्रदेश सभा (क) मा गणेशमान गुरुङलाई टिकट दिइएको छ भने (ख) मा राजीव पहारीलाई दोहो¥याएको छ । गुरुङ केही समयअघि मात्रै जनता समाजवादी पार्टी छोडेर एमाले प्रवेश गरेका हुन् । पहारी एक कार्यकाल प्रदेश सभा सदस्य भएर काम गरिसकेका छन् ।

बैरागी भने जिल्ला अधिवेसनमा मनबहादुर गुरुङसँग अध्यक्षमा पराजीत भएका थिए । कास्की एमालेभित्र गुटगत राजनीति चरम छ । बैरागी केन्द्रीय सदस्य खगराज अधिकारी निकट हुन् भने पहारी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *