गोरखा २ का दुवै प्रदेशसभामा गठबन्धनको बागी उम्मेद्वारी

पोखरा । हालका सांसद द्धयले गोरखा क्षेत्र नम्बर २ का दुईवटै प्रदेशसभा क्षेत्रमा बागी उम्मेद्वारी दिने भएका छन् ।

(क) बाट बाबूराम भट्टराई नेतृत्वको समाजवादी नेपालका नेता हरिशरण आचार्य र (ख) बाट कांग्रेस प्रदेश कार्यसमिति सदस्य प्रकाशचन्द्र दवाडीले उम्मेद्वारी घोषणा गरेका हुन् ।

उनीहरु दुवै सोही क्षेत्रबाट सांसद बनेका थिए । अहिले पनि उक्त क्षेत्र उनीहरुकै पार्टीलाई परेको छ । (क) मा फणिन्द्र देवकोटा उम्मेद्वार बनेका छन् भने (ख) मा कांग्रेसका सुरेन्द्र पाण्डेले टिकट पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *