जसपाका मधेस उपाध्यक्ष शेषनारायण काँग्रेस प्रवेश गदै

जनकपुरधाम । टिकट नपाएर असन्तुष्ट बनेका जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष शेष नारायण यादव नेपाली काँग्रेसमा प्रवेश गर्ने भएका छन् ।

लोकतान्त्रिक विचारधारा भएको पार्टी कम्युनिस्टसँग गठबन्धन गरेर कम्युनिस्टमै पार्टी विलय हुन थालेपछि आफूहरूरु पार्टी परित्याग गरेर लोकतान्त्रिक विचारधारा भएको पार्टीमा प्रवेश गर्न लागिएको यादवले बताए ।

उपाध्यक्ष यादवलाई धनुषा निर्वाचन क्षेत्र नं. ४ (क) बाट काँग्रेसले टिकट दिने भएपछि उनी जसपा छाडेर काँग्रेस प्रवेश गर्न लागेका हुन् ।

उनीसँगै जसपाका प्रदेश समितिका सदस्य बजरंग यादव, डा. शत्रुघन यादव लगायतका नेता कार्यकर्ता पनि काँग्रेस प्रवेश गर्दैछन् ।

यादवसहितका नेता कार्यकर्तालाई काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले आज नै पार्टी प्रवेश गराउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *