गण्डकीमा माओवादीबाट प्रचण्डदेखि अमृतासम्म

पोखरा । मंसिर ४ गते हुने निर्वाचनका लागि माओवादी केन्द्रले गण्डकीबाट प्रतिनिधिसभामा ६ र प्रदेशसभामा ११ सीट पाएको छ ।

गठबन्धन बनाएर चुनावी प्रतिश्पर्धामा रहेको माओवादीले गोरखाबाट प्रचण्डलाई उम्मेद्वार बनाएको छ । गोरखा २ बाट पुष्पकमल दाहालले मनोनयन दर्ता गर्दै छन् ।

त्यसका लागि डा. बाबूराम भट्टराई सहितका नेताहरु गोरखा लागेका छन् । यस्तै, प्रतिनिधिसभा तर्फ नै नवलपुर २ बाट किसान शर्मा, लमजुङबाट देवप्रसाद गुरुङ, कास्की ३ मा रामजी प्रसाद बराल, बागलुङ २ मा देवेन्द्र पौडैल र म्याग्दीमा गोविन्द पौडेल उम्मेद्वार बनेका छन् ।

प्रदेशसभामा

मुस्ताङ (क) बाट चन्द्रबहादुर थकाली

पर्वत (क) बाट सुदीप कुवँर

कास्की १ (क) बाट दीपक कोइराला, २ (क) बाट विश्वप्रकाश लामिछाने र ३ (क) बाट दुर्गादत्त भण्डारी उम्मेद्वार बन्ने पक्का भएको छ ।

स्याङ्जा १ (क) मा अमृता थापा मगर, नवलपुर १ (ख) मा लोकप्रसाद भुर्तेल

तनहुँ १ (ख) मा हरिबहादुर चुमान, तनहुँ २ (क) मा राजेन्द्र केशरी न्यौपाने

गोरखा १ (क) मा कृष्ण धिताल तथा मनाङ (क) मा कपिल लामा उम्मेद्वार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =