विनोद चौधरी परासीबाट कांग्रेसको उम्मेद्वार

पोखरा । अर्वपति विनोद चौधरीलाई कांग्रेसले परासी १ बाट उम्मेद्वार बनाउने भएको छ ।

नवलपुरबाट चुनाव लड्ने तयारी गरेका उनलाई जिल्ला फेरेर टिकट दिइएको हो । चौधरी हाल कांग्रेस केन्द्रिय सदस्य हुन् भने भर्खरै कार्यकाल सकिएको प्रतिनिधिसभा सांसद हुन् ।

२ पटकसम्म सांसद बनिसकेका उनी पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेका हुन् ।

उनी २०६४ मा एमालेबाट संविधानसभा सांसद बनेका थिए भने २०७० मा एमालेले टिकट दिन लाग्दा चुनाव लड्न चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *