ओनसरी घर्ती मगरले काठमाडौं २ बाट चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वसभामुख ओनसरी घर्ती मगरलाई टिकट दिएको छ ।

घर्तीलाई पार्टीले काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तर्फको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा मओवादीको भागमा परेको काठमाडौं क्षेत्र नम्बर २ मा घर्तीलाई उम्मेदवार बनाउने भएको हो ।

काठमाडौं २ मा ओनसरीसँगै कृष्णराज सुवेदी पनि उम्मेदवार बन्ने दौडमा थिए । तर पूर्व सभामुख घर्ती मगरलाई टिकट दिइएको छ ।

घर्ती २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन् । उनी २०७० मा उपसभामुख र २०७२ मा सभामुख भएकी थिइन् ।

२०७४ को निर्वाचनमा भने घर्ती समानुपातिक तर्फबाट सांसद बनेकी हुन्। उनी अन्तरिम संसद र पहिलो संविधान सभामासमेत सांसद बनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =