रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन् । आज मात्र आफ्नो उम्मेदवारी टुंग्याएका हुन् ।

उनी आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । यसअघि काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका पनि अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् ।

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट उठ्ने तयारी थियो । रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए । यद्यपि प्रचण्डा गोरखाबाट चुनाव लड्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *