मनोनयनको समय भइसक्दा पनि गोरखामा टुंगिएन कांग्रेसको उम्मेदवार

पोखरा । मनोनयनको समय १० बजेदेखि सुरु हुँदै छ । तर गोरखाको प्रतिनिधिसभाका लागि कांग्रेसले अझै उम्मेद्वार टुंग्याउन सकेको छैन ।

कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ मा चिनकाजी श्रेष्ठ र राजेन्द्र बजगाईंको दावी छ । श्रेष्ठ सभापति शेरबहादुर देउवा निकट हुन् भने बजगाईं नेता शेखर कोइराला निकट हुन् ।

शक्तिको टकरावले यहाँ टिकट टुंग्याउन समस्या भएको बताइएको छ । अघिल्लो निर्वाचनमा श्रेष्ठ माओवादीका हरि अधिकारीसँग पराजीत भएका थिए । बजगाईं पनि एमालेका रामशरण बस्नेतसँग पराजीत भएका हुन् । एमालेले भने बस्नेतलाई नै प्रतिनिधिसभाको टिकट दिएको छ ।

प्रदेशसभा तर्फ गठबन्धनबाट यसअघिका प्रतिनिधिसभा सांसद हरि अधिकारीलाई १ (क) बाट उठाएको छ भने (ख) मा कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले टिकट पाएका छन् । क्षेत्र नम्बर २ मा गठबन्धनबाट माओवादी अध्यक्ष प्रचण्ड चुनावी मैदानमा छन् ।

प्रदेशसभा तर्फ (क) मा बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादीका फणिन्द्र देवकोटा तथा (ख) मा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले टिकट पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *