स्याङजा २ मा ‘हेविवेट’ प्रतिश्पर्धा, दुई पार्टीका शक्तिशाली नेता आमनेसामने

पोखरा । गण्डकीका निर्वाचन क्षेत्रहरु मध्ये स्याङजा २ को प्रतिश्पर्धा अलि रोचक हुने भएको छ । यहाँ एमालेले सचिव पद्या अर्याललाई टिकट दिएको छ भने गठबन्धनबाट कांग्रेस उपसभापति धनराज गुरुङले टिकट पाएका छन् ।

२०७४ मा कांग्रेसका पूर्व उपसभापति एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेर एमालेको राजनीतिमा राज गरेकी पद्या पार्टीभित्र निकै शक्तिशाली भएकी छिन् । उनी हाल गण्डकी प्रदेशको इन्चार्ज समेत हुन् ।

उनी एमाले कार्यकालको अधिकांश समय मन्त्री बनेर काम गरिसकेकी छिन् । २०७४ मा पार्टीमा टिकट नपाएका धनराज पछिल्लो महाधिवेसनबाट उपसभापतिमा निर्वाचित भएका हुन् ।
यि दुई नेताको प्रतिश्पर्धालाई निकै रोचक साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *