गठबन्धनबाट को उठ्दैछ कास्कीमा एमालेविरुद्ध ? 

पोखरा । एमाले विरुद्ध मोर्चा बन्दी गरेको सत्तारुढ गठबन्धनले कास्कीमा उम्मेदवार टुंगो लगाएको छ । एमालेले उम्मेदवार टुंग्याएको २ दिनपछि गठबन्धनका उम्मेद्वारहरुले टिकट पाएका हुन् । गठबन्धनबाट कास्की १ कांग्रेस, २ एकीकृत समाजवादी र ३ माओवादीले पाएको छ ।

प्रदेशसभा तर्फ १ (क), २ (क) र ३ (क) माओवादीले पाएको छ भने १ (ख), २ (ख) र ३ (ख) कांग्रेसले टिकट पाएको छ । यहाँबाट कास्की १ मा किशाेरदत्त बराल, २ मा श्रीनाथ बराल र ३ मा रामजी प्रसाद बराल उम्मेदवार भएका छन् ।

१ (क) मा दीपक कोइराला, (ख)मा दीपक गुरुङ, २ (क)मा विश्वप्रकाश लामिछाने, (ख) मा विन्दुकुमार थापा, ३ (क)मा दुर्गादत्त भण्डारी र (ख) मा प्रकाश बरालले टिकट पाएका छन् ।

एमालेले कास्की १ बाट मनबहादुर गुरुङ, २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागीलाई टिकट दिएको छ भने प्रदेश तर्फ १ (क) मा खगराज अधिकारी (ख) मा वेदबहादुर अधिकारी २ (क)मा भीम कार्की, (ख)मा मिना गुरुङ, ३ (क)मा गणेशमान गुरुङ र )ख)मा राजीव पहारीले टिकट पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *