एमाले भित्र राजिनामा दिनेको लर्को, प्रदेश सचिवालय सदस्यद्धारा पार्टीबाट राजिनामा

विराटनगर । नेकपा एमाले भित्र टिकट बितरणको बिषयमा चरम असन्तुष्टि देखिएको छ ।

नेकपा एमाले जिल्ला नेता तथा प्रदेश नेताहरुले राजिनामा दिने लहर चलेको छ । नेकपा एमाले मोरङ जिल्ला सचिव रुपेश खतिवडाले शनिवार बिहान राजिनामा दिएका थिए ।

शनिवार साँझ फेरी अर्को राजिनामा आएको छ । नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य डिल्लीराम शर्मा अधिकारीले पार्टीबाट राजिनामा दिएका हुन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यको लागि स्थानीय पार्टी कमिटिबाट सिफारिस भएकोमा पार्टीका केही ब्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट बितरण पूर्वाग्रही ढंगले वितरण गरिएको भन्दै उनले घोर आपत्ती र असहमथित जनाएका छन् ।

उनले राजिनामा दिँदै स्थानीय पार्टी कमिटि, नेता कार्यकर्ता सल्लाह, सुझाब र आग्रह विपरित एकतर्फी रुपमा गरिएको टिकट बितरण स्वीकार गर्न नसक्ने उल्लेख गरेका छन् ।

स्थानीय तहको निर्वाचनको समयमा गरिएको प्रतिवद्धता बिपरित र स्थानीय पार्टी कमिटि साथै नेता कार्यकर्ताको सुझावलाई समेत अबमुल्यन गर्ने गरि भएको टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको हुँदा माथिल्लो कमिटिका केही नेताहरुको विभेदपूर्ण ब्यवहारप्रति उनले घोर आपत्ति जनाउँदै आजकै मितिदेखि पार्टी कमिटिको प्रदेश सचिवालय सदस्यबाट राजिनामा दिएका हुन् ।

यसैबिच मोरङको केरावारी गाउँपालिका वडा नम्बर २ को एमालेको वडा कमिटिले नै राजिनामा दिएको छ। केरावारी गाउँकमिटिलाई राजिनामा बुझाउँदै वडा कमिटिले मोरङ क्षेत्र नम्बर १ (ख) को टिकट बितरणमा एकलौटी र मनोमानी ढंगले जनभावना विपरित उम्मेदवारलाई टिकट वितरण गरिएको भन्दै सामुहिक राजिनामा दिएका हुन् ।

राजिनामा दिनेमा वडा अध्यष देवीलाल लिम्बु, उपाध्यक्ष पृतबहादुर लिम्बु, सचिव शेरबहादुर लिम्बु, उपसचिव लक्ष्मी राई, विपिन राई सहित १९ जनाले राजिनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *