निर्वाचन आयोगको पत्रकार सम्मेलन

मतदानका दिन सवारी साधन चल्न दिइने

काठमाडाैँ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चालन नभए पनि यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, गृह मन्त्रालयसँगको समन्वयमा यातायातका सधानलाई सञ्चालन अनुमति दिइनेछ । अघिल्ला निर्वाचनमा सवारीसाधन सञ्चालनमा बन्देज हुँदा विभिन्न समस्या आएकाले आयोगले यस्तो निर्णय गरेको हो ।

सवारीसाधन सञ्चालन अनुमति पत्र लीन भीड लाग्ने र विभिन्न दलहरूले वृद्धवृद्धालाई मतदानस्थलसम्म ल्याउन अप्ठ्यारो भयो भन्ने गुनासो आएपछि नियन्त्रित रुपमा सवारिसाधन खुला गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *